इराकमा विद्रोहीहरुद्धारा आफ्नो नियन्त्रणमा रहेको स्थानलाई इस्लामी राज्य घोषणा
Admin / 2014-06-30 04:31:35
नेपाल ब्युरो –असार १६, एजेन्सी ।
इराकमा आइ एस आइ एस विद्रोहीहरुले आफ्नो नियन्त्रणमा रहेका स्थानलाई इस्लामी राज्य घोषणा गरेका छन् ।
आफ्नो नियन्त्रणमा रहेको भनिएका इराक र सिरियाली क्षेत्रमा उनीहरुले मुस्लिम धार्मिक कानुन अनुसार शासन गर्ने घोषणा गरेका हुन् । आइ एस आइ एसका नेता अबु बकार अल बग्दादीलाई उनीहरुले दुनियाँभरका मुस्लिम नेताका रुपमा घोषणा पनि गरेका छन् ।
यस्तो इस्लामिक कानुनमा आधारित शासन चलाउन मुस्लिम धर्मगुरुहरु जहीँतहीँ नियुक्त गरिने पनि अबु बकारले घोषणा गरेका छन् । आफ्नो सरकारलाई मान्यता दिन र पश्चिमाहरुले थोपरेको कथित प्रजातन्त्रको नामको फोहोरको डंगूर बनेको इराकी सरकारलाई अवैध घोषणा गर्न पनि उनीहरुले सबै मुस्लिमसँग आह्वान गरेका छन् ।
यद्यपि, विद्रोहीको कब्जामा रहेको उत्तरी इराकी सहर टिक्रिटलाई आफ्नो नियन्त्रणमा ल्याउन सरकारी सैनिकहरुले भने लगातार आक्रमण गरिरहेका छन् ।
प्रकाशित मिति: 2014-06-30 04:31:35
प्रतिक्रिया: