फोरमका अनुशासन कमिटिका संयोजकनै निलम्बित
Admin / 2014-06-29 22:22:07
काठमाडौँ, १६ असार ।
वरिष्ठ नेता रेणु यादवलाई अश्लील गाली गरेपछि फोरम नेपालका एक सभासद ६ महिनाका लागि निलम्बनमा परेका छन् । पार्टी केन्द्रीय सदस्य तथा सभासद शिवजी यदवालाई फोरम नेपालले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो ।
निलम्बित हुने यादव आफै फोरम नेपालको अनुशासन समितिका संयोजक हुन् । अनुशासन समितिका संयोजकलाई निलम्बन गर्ने निर्णय पार्टीको राजनीतिक समितिको बैठकले गरेको छ ।
तर, निलम्बनको निर्णय पार्टीले औपचारिक रुपमा बाहिर ल्याएको छैन । बालकुमारीस्थित फोरम नेपालको केन्द्रीय कार्यालयमा एकसाता अघि बसेको नेताहरुको अनौपचारिक बैठकले बरिष्ठ नेतृ रेणु यादव र शिवजी यादववीच विवाद भएको थियो ।
स्रोतका अनुसार विवाद बढ्दै जाँदा शिवजीले रेणुलाई अश्लील शब्द प्रयोग गरेर व्यक्तिगत गालीगलोज गरेका थिए । संविधानसभा निर्वाचनमा पार्टीको पराजय र नेताहरु पार्टी छोड्दै जानुमा रेणुको हात रहेको आरोप शिवजीले लगाएको स्रोतले बतायो ।
निर्वाचनमा टिकट बाड्दासमेत रेणुले अन्याय गरेको आरोप पनि शिवजीको थियो । एक नेताका अनुसार उनीहरुवीच भएको विवादबार। महासचिव रामसाह यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सुनाएका थिए । महासचिव यादव आफैँ पनि सो बैठकमा सहभागी थिए ।
तर, उनी कसैको पक्षमा बोलेका थिएनन् । शिवजीले गालीगलौज गरेपछि रेणुले पनि पार्टी अध्यक्ष उपेन्द्रसित गुनासो पोखेकी थिइन् । त्यसको भोलिपल्टै पार्टीको राजनीतिक समितिको बैठक बस्यो र बैठकले शिवजीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: 2014-06-29 22:22:07
प्रतिक्रिया: