पत्रकार रबिन्द्र श्रेष्ठमाथि हातपात,महासंघबाट आक्रमणको निन्दा
मितेरीजापान डट कम / 2014-06-29 19:30:58
टोकियो,जापान।
नेपाल सन्देश डटकमका अध्यक्ष एबं पत्रकार रबिन्द्र श्रेष्ठ माथि भौतिक आक्रमण भएको छ। आईतबार नेपाली कथानक चलचित्र कबड्डीको बिशेष प्रदर्शन हेरेर फर्कने क्रममा 'रबिन्द्र श्रेष्ठ भन्ने तैं होईनस' भनेर ९,१० जनाको समुहले आक्रमण गरेको पिडित पत्रकार श्रेष्ठले बताएका छन।
पत्रकार श्रेष्ठमाथि गरिएको भौतिक आक्रमणको नेपाल पत्रकार महासंघ,जापान शाखाले एक बिज्ञप्ति प्रकाशित गरी घोर निन्दा गरेको छ।महासंघले जारी गरेको बिज्ञप्तिमा “यस्ता हर्कत जोसुकैबाट भएको भए पनि निन्दनीय छ, आगामी दिनहरुमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित सबैको ध्यानाकर्षण गराउन चाहान्छौं” भनिएको छ ।
महासंघको विज्ञप्तिमा समाचार लेखेकै भरमा पत्रकारमाथि सांघातिक आक्रमण हुनुले सिंगो प्रेस जगतमाथि ठाडो हस्तक्षेप भएको ठहर गर्दै समाचारका सम्बन्धमा चित्त नबुझे खण्डन गर्न सकिने अथवा कानुनी उपचारको बाटो अपनाउन सकिने विकल्प हुँदा हुँदै भौतिक आक्रमणमा उत्रिनु आपत्तिजनक कार्य भएकाले यस प्रकारका क्रियाकलापको महासंघले घोर बिरोध गर्दछ भनिएको छ ।
यसैगरी महासंघले प्रवासको नेपाली समाजको एकता र सहिष्णुतालाई केन्द्रमा राख्दै जिम्मेवार ढंगले प्रस्तुत हुन पनि पत्रकारहरुको ध्यानाकर्षण गराएको छ ।
समाचार बहिष्कार गर्ने
भौतिक आक्रमणको बिरोधमा बिज्ञप्ति प्रकाशित गर्दै नेपालसन्देश डट कमले आक्रमणमा संलग्न टासी लामा आबद्द नेपाल जापान युथ क्लब र एनआरएनसंग सम्बन्धित सबै समाचार बहिष्कार गर्दै भण्डाफोर गर्ने जनाएको छ।
प्रकाशित मिति: 2014-06-29 19:30:58
प्रतिक्रिया: