थानकोट–नौविसे सडक खण्डको काम असार मसान्तभित्र सम्पन्न गर्न अख्तियारको निर्देशन
Admin / 2014-06-29 08:17:07
नेपाल ब्युरो–असार १५,काठमाडौ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजधानी काठमाडौंलाई बाहिरी जिल्लासँग जोड्ने प्रमुख राजमार्ग थानकोट–नौविसे सडक खण्डको काम असार मसान्तभित्र सम्पन्न नभए सम्बन्धित पक्षलाई कारवाही गर्ने चेतावनी दिएको छ ।
काठमाण्डौ उपत्यका सडक विस्तार आयोजनाले निर्माण गरिरहेको ९० कि.मि. सडकको निर्माण कार्यमा संलग्न पदाधिकारी र ठेकेदारले पटक पटक ढाँटेपछि अख्तियारले यस्तो चेतावनी दिएको हो । यसअघि सम्बन्धित निकायका प्रमुखरप्रतिनिधिहरुले आयोगका पदाधिकारी स प्रायः सम्पर्ण कार्य सम्पन्न भै सवारी यातायात सुचारु भइसकेको २०७१ साल असार २५ गते भित्रमा सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।
उनीहरुले सडक विस्तारको क्रममा काठमाण्डौँ उपत्यका भित्रको ९० किलोमिटर सडक कालोपत्रे गर्ने कार्य २०७१ साल असार मसान्त भित्रै सम्पन्न गर्ने भनि पुनः प्रतिबद्धता समेत गरेको अख्तियारले स्मरण गराएको छ । अख्तियारले ती पदाधिकारी र ठेकेदार पक्षसंग पुनः छलफल गरि असार मसान्तको डेडलाइन दिएको छ ।
आयोगले उपरोक्त कार्यहरुको निरन्तर निगरानी गर्ने र प्रतिबद्धता वमोजिम निर्दिष्ट समय सीमा भित्र कार्य सम्पन्न नगरेमा सो संग सम्बन्धित पदाधिकारीहरुलाई जिम्मेवार बनाई कानून वमोजिम कारवाही गर्ने अख्तियारद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: 2014-06-29 08:17:07
प्रतिक्रिया: