विश्वकप फुटबलको प्री–क्वाटरफाइनल खेलमा आज पनि दुई खेल हुँदै
Admin / 2014-06-29 04:19:01
नेपाल ब्युरो– असार १५, एजेन्सी ।
ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगिताको नक आउट चरण अर्थात् प्री–क्वाटरफाइनल खेलमा आज राति दुई खेल हुँदैछ ।
राति पौने १० बजे समूह ‘बी’ को विजेता नेदरल्याण्डको भिडन्त समूह ‘ए’ को उपविजेता मेक्सिकोसग हुनेछ । साविक विश्वकप विजेता स्पेन समूह चरणबाटै बाहिरिएपछि उपविजेता नेदरल्याण्ड प्रमुख दावेदारमा उभिएको छ । मेक्सिकोले अर्का उपाधि दावेदार आयोजक ब्राजिलसँग सशक्त खेलेसंगै अझै अगाडि बढ्न सक्ने आशालाई जिवित पारेको छ ।
यी दुई टोलीबीच अहिलेसम्म ६ वटा खेल भएका छन् । जसमध्ये नेदरल्याण्डले तीन र मेक्सिकोले दुई खेलमा जित हासिल गरेका छन् भने एक खेल बराबरी भएको छ ।
यस्तै भोलि बिहान पौने २ बजे हुने खेलमा कोष्टारिका र ग्रिस भिड्दै छन् । समूह ‘डी’ बाट अपराजित रहेर शीर्ष स्थानमा रहदै कोष्टारिकाले नक आउट चरणमा स्थान बनाएको हो ।
अप्रत्याशित परिणाम ल्याएको कोष्टारिकाले पूर्व विजेताहरु इटाली र उरुग्वेलाई हराउँदा इङगल्याण्डसँग बराबरी गरेको थियो । इतिहासको हिसाबले जारी विश्वकपकै सर्वाधिक सफल टिम मानिएको कोष्टारिका ग्रिसमाथि समेत हावी हुने अनुमान फुटबल पण्डितहरुको छ ।
समूह ‘सी’ को उपविजेता ग्रिसले खासै उल्लेखनीय खेल प्रस्तुत गर्न नसके पनि एक जित, एक बराबरी र एक पराजय भोगेको थियो । यी दुई टोली पहिलो पटक आमने–सामने हुँदैछन ।
प्रकाशित मिति: 2014-06-29 04:19:01
प्रतिक्रिया: