पाकिस्तानमा अल कायदाका एक वरिष्ठ नेता पक्राउ
Admin / 2014-06-29 04:05:29
नेपाल ब्युरो– असार १५, एजेन्सी ।
पाकिस्तानी सेनाले हिजो गरेको तालिवानविरुद्धको कारबाहीमा अल कायदाका एकजना वरिष्ठ नेता पनि पक्राउ परेका छन् ।
उक्त कार्वाहीमा परी कम्तीमा १९ जना तालिवानको ज्यान गएको पाकिस्तानी अधिकारीहरुलाई उदृत गर्दै विविसिले जनाएको छ ।
पाकिस्तानको द्धन्द्धग्रस्त क्षेत्र उत्तरी वाजिरिस्तानमा गरिएको कारबाहीका क्रममा ती तालिवानी मारिएको पाकिस्तानी सेनाले जनाएको छ । कारबाहीको क्रममा सेनाले अत्याधुनिक हतियारको प्रयोग गरेको र खोजी अभियानलाई चुस्त बनाएको सेनाले जनाएको छ ।
अल कायदाका नेतासहित ती तालिवान रहेको सूचनाको आधारमा उत्तरी वाजिरिस्तानको मिरान्साह क्षेत्रमा सैनिकले हवाई हमला र स्थलगत कारबाही गरेको थियो । केही हप्तामात्र अघि पाकिस्तानको कराची विमानस्थलमा तालिवानले आक्रमण गरी दर्जनौं व्यक्तिको हत्या गरेपछि पाकिस्तानी सैनिकले पनि तालिवानका विरुद्धधमा सशक्त कारबाही सुरु गरेको छ ।
प्रकाशित मिति: 2014-06-29 04:05:29
प्रतिक्रिया: