नेपाल आयल निगमले पेट्रोलियम पदार्थ मौज्दात बढाउने
Admin / 2014-06-29 03:55:17
नेपाल ब्युरो– असार १५, काठमाडौँ ।
जुनसुकै समयमा पनि बजारमा माग अनुसारको पेट्रोलियम पदार्थ पठाउन सक्ने गरी नेपाल आयल निगमले मौज्दात ‘स्टक ‘बढाउने भएको छ ।
कहिलेकाँही भारतबाट कम आयात हुँदा तथा ढिला आयात हुँदा नेपाली बजारमा पेट्रोलियमको चरम अभाव हुने गरेको छ । यस्तो विषम परिस्थितिमासमेत सहज आपूर्तिका लागि ‘स्टक’ बढाउने भएको निगमका प्रवक्ता मुकुन्द अर्यालले जानकारी दिनुभयो ।
निगमको पेट्रोलियम पदार्थको कुल स्टक क्षमता ७२ हजार किलोलिटर रहेको छ । तर, हाल निगमसंग १६ हजार किलोलिटर पेट्रोलियम स्टक रहेको छ ।
गत अप्रिलमा निगमसंग गएको चार वर्षयताकै सबैभन्दा बढी ४० हजार किलोलिटर पेट्रोलियम स्टक भएको थियो । त्यसबेला भारतले तेल दिन कम गर्यो र बजारमा तेल अभावसँगै निगमले मौज्दात तेल बाड्यो । त्यसैले अहिले १६ हजार किलो लिटरमा झरेको हो ।
प्रकाशित मिति: 2014-06-29 03:55:17
प्रतिक्रिया: