आज असार १५, ११ औं धान दिवस मनाइँदै
Admin / 2014-06-29 03:32:38
नेपाल ब्युरो–असार १५,काठमाडौँ ।
आज असार १५ गते, ११ औं राष्ट्रिय धान दिवस मनाइँदैछ । धानको उत्पादन बढाउन, नयाँ जातका धानको बीउ सिफारिस र त्यसको प्रचारप्रसारका लागि हरेक वर्ष धान दिवस मनाउने गरिएको छ ।
संयुक्त राष्ट्रसंघले सन् २००४ मा धान नै जीवन हो भन्ने नारा दिएर अन्तराष्ट्रिय धान दिवस मनाउने घोषणा गरेपछि नेपालमा पनि यो दिवस मनाउन सुरु गरिएको हो । धान दिवसका अवसरमा आज राजधानीमा कृषि विकास मन्त्रालयले तथा विभिन्न जिल्लामा पनि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम गर्दैछन् ।
असार १५ लाई धान महोत्सवका रुपमा पनि मनाइने गरिन्छ । आजैका दिन दही चिउरा खाने चलन पनि छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । ३० वर्ष अघि धान निर्यात गर्ने नेपालमा पछिल्ला वर्षहरुमा भने आयात हरेक वर्ष बढ्न थालेको छ ।
प्रकाशित मिति: 2014-06-29 03:32:38
प्रतिक्रिया: