टोकियो,जापान
वी फर
अल टोक्यो, जापानले हरेक वर्षझैँ यो वर्ष पनि हिन्दु महिलाहरुको चाड हरितालिका तीजको
उपलक्ष्यमा 'तीज महोत्सव २०१४' टोकियोमा गर्ने भएको
छ ।कार्यक्रम अगस्ट २४ मा सिन्जुकु बुन्का सेन्टरमा हुन लागेको हो। परदेशमा रहेर पनि
आफ्नो कला र संस्कृतिलाई माया गरेर जोगाई राख्न जापानजस्तो ब्यस्त देशमा एकदिन भएपनि हाम्रा
नेपाली चेलीहरूले आफ्नो सबै दुःख बिर्सेर रमाईलो गरून र हालै मात्र संस्थाले
स्थापना गरेको राहत कोषलाई सहयोगार्थ तीज महोत्सव कार्यक्रम आयोजना गर्न लागिएको आयोजक
संस्थाका अध्यक्ष सरोजकुमार खत्रीले महोत्सबको बारेमा जानकारी दिन आयोजना गरिएको
पत्रकार भेटघाट कार्यक्रममा बताए।
कार्यक्रमको
लागि नेपालबाट ख्यातिप्राप्त कलाकारहरू मन्जु पौडेल, टिका पुन र रामजी
खाँड आउने भएका छन। कलाकारहरुको भिषाको प्रकृया अन्तिम चरणमा पुगेको पनि बताईएको
छ।साथै जापानमै रहेका स्थानीय ख्यातिप्राप्त नेपाली कलाकारहरूको पनि प्रस्तुति
रहनेछ।‘बिगतका बर्षहरुमा संस्थाले आयोजना गरेको तीज कार्यक्रममा भएको उत्साहजनक
उपस्थिति भएकोले यसपटक टोकियोको केन्द्र सिन्जुकुको बुन्का सेन्टरमा रहेको १८ सय
भन्दा बढी दर्शक क्षमता रहेको हलमा गर्न लागिएको पनि अध्यक्ष खत्रीले बताए।हल
सिन्जुकु स्टेशनबाट ५ मिनेटको दुरीमा रहेको छ।