नेपाल सम्पत्ति शुद्धिकरण सम्बन्धी कालोसूचीमा पर्नबाट जोगियो
Admin / 2014-06-27 06:55:04
नेपाल ब्युरो–असार १३,काठमडौ ।
नेपाल सम्पत्ति शुद्धिकरण सम्बन्धी कालोसूचीमा पर्नबाट जोगिएको छ ।
फ्रान्सको पेरिसमा आज आयोजित फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी बैठकले नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने निर्णय गरेको छ । नेपाललाई नियमित अनुगमनको सूचीबाट हटाउने बैठकले निर्णय गरेको बताईएको छ ।
नेपाल अब कम्तिमा पाँच वर्ष कालोसूचीमा पर्ने त्रासबाट नेपाल जोगिएको छ ।
सम्पत्ति शुद्धीकरणको विरुद्धमा कार्यरत अन्तराष्ट्रिय संस्था एफएटीएफले सन् २०१० देखि नेपाललाई नियमित अनुगमनको सूचीमा राखेको थियो ।
सन् २०१० यता मात्रै एफएटीएफले सम्पत्ति शुद्धीकरण निवारण ऐन र यससम्बन्धी कानूनहरु नबनाएको भन्दै पटक–पटक कालोसूचीमा राख्ने चेतावनी दिएको थियो । एफएटीएफको दबावसँगै सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी आवश्यक ऐन कानून तर्जुमा गरिसकेको छ ।
प्रकाशित मिति: 2014-06-27 06:55:04
प्रतिक्रिया: