भोलिदेखि प्रीक्वार्टरफाइनल भीडन्त सुरु हुँदै
Admin / 2014-06-27 04:48:22
नेपाल ब्युरो–असार १३,एजेन्सी ।
ब्राजिलमा जारी विश्वकप फुटबलको समूह चरणका सबै खेलहरु सकिएको छ ।
भोलि शनिबारबाट अन्तिम १६ मा पुगेका देशहरुबीच प्रीक्वार्टरफाइनल खेलहरुमा भीडन्त सुरु हुँदैछ । पहिलो समूहबाट सुरु हुने गरी पहिलो समूहको विजेता र अर्को समूहको उपविजेताबीच र पहिलोको उपविजेता र दोस्रोको विजेताबीच प्रीक्वार्टरफाइनलमा भीडन्त हुनेछ ।
यस आधारमा ब्राजिल र चिलीबीच, कोलम्बिया र उरुग्वेबीच खेल हुनेछ । त्यस्तै नेदरल्याण्ड र मेक्सिकोबीच, कोस्टारिका र ग्रीसबीच, फ्रान्स र नाइजेरियाबीच, जर्मनी र अल्जेरियाबीच भीडन्त हुनेछ ।
यसैगरी अर्जेन्टिना र स्वीट्जरल्याण्डबीच तथा बेल्जियम र अमेरिकाबीच पनि प्रीक्वार्टरफाइनल खेल हुनेछ ।
प्रकाशित मिति: 2014-06-27 04:48:22
प्रतिक्रिया: