भारतबाट उच्च विषादीयुक्त तरकारी आयात भइरहेको प्रयोगशाला परीक्षणको निष्कर्ष
Admin / 2014-06-27 03:44:17
नेपाल ब्युरो–असार १३, काठमाडौँ ।
भारतबाट उच्च विषादीयुक्त तरकारी आयात भइरहेको प्रयोगशाला परीक्षणले देखाएको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजारले विभिन्न ठाउँबाट विक्रीका लागि ल्याइएका तरकारीमा विषादीको मात्रा परीक्षण गर्दा यस्तो नतिजा आएको हो ।
असार ४ देखि १० गतेसम्म कालिमाटी बजारमा ल्याइएका तरकारी परीक्षण गर्दा भारतबाट आयातीतमा विषादीको मात्रा ९० भन्दा माथि रहेको कृषि मन्त्रालयले जनाएको छ । यो तोकिएको मापदण्डको तुलनामा दोब्बरभन्दा बढी हो ।
सरकारी मापदण्डअनुसार तरकारी तथा फलफूलमा विषादीको निशेध दर ३५ भन्दा बढी हुनुहुदैन । विश्व स्वास्थ्य संगठनले त ३० सम्मको तरकारीलाई मात्र खानयोग्य मानेको छ । नेपाली उत्पादनमा भने निशेध दर ३४ रहेको प्रयोगशाला परिक्षणले देखाएको छ ।
प्रकाशित मिति: 2014-06-27 03:44:17
प्रतिक्रिया: