सरकारको नयाँ विकास सहायता नीति आज सार्वजनिक हुँदै
Admin / 2014-06-27 03:10:23
नेपाल ब्युरो–असार १३, काठमाडौँ ।
सरकारले नयाँ विकास सहायता नीति आज सार्वजनिक गर्दैछ ।
१२ वर्ष पुरानो वैदेशिक सहायता नीतिलाई प्रतिस्थापन गर्दै नयाँ नीति ल्याउन लागेको हो । पुरानो नीतिलाई ‘विकास सहायता नीति’ नामकरण गरी त्यसमा सामयिक परिमार्जनसहित नयाँ नीति सार्वजनिक गर्न लागिएको हो ।
अर्थमन्त्री डाक्टर रामशरण महतले सार्वजनिक गर्ने सो नीति वैदेशिक सहायता परिचालन तथा त्यसको प्रभावकारिता सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले व्यक्त गरेका प्रतिवद्धता अनुरुप भएको बताइएको छ ।
नयाँ नीति वैदेशिक सहायताको प्रभावकारी परिचालन,निर्धारित लक्ष्य प्राप्ति तथा सरकारले निर्धारण गरेका प्राथमिकताका क्षेत्रमा विकासका साझेदारको सहयोगको अधिकतम उपयोगमा केन्द्रित रहेको दावी छ । यसले नेपालको आर्थिक–सामाजिक विकासका साझेदारका चासो र चिन्तालाई सम्बोधन गरेको बताइएको छ ।
समान प्रकृतिका परियोजना एकै क्षेत्रमा सञ्चालन नगर्ने, दातृ निकायले सोझै अनुदान वा ऋण सहायता कार्य क्षेत्रमा उपयोग नगर्ने, एकद्धार प्रणाली अन्तर्गत सहायता परिचालन गर्नुपर्ने लगायत विषय नयाँ नीतिले समेटेको छ ।
प्रकाशित मिति: 2014-06-27 03:10:23
प्रतिक्रिया: