प्रधानमन्त्री कोइरालाको फोक्सोको क्यान्सरको आजबाट रेडियोथेरापी उपचार शुरु
Admin / 2014-06-27 03:01:52
नेपाल ब्युरो–असार १३, काठमाडौँ ।
फोक्सोमा क्यान्सर भएको पुष्टि भएपछि आजदेखि प्रधानमन्त्री सुशिल कोइरालाको थप उपचार शुरु गरिने भएको छ ।
कोइरालाको नीजि सचिवालयका अनुसार आजदेखि उहाँको रेडियोथेरापी शुरु गरिने भएको छ । पलाएको मासुलाई पगाल्ने पद्दति रेडियोथेरापी क्यान्सरको शुरुको चरणमा हुँदा गर्ने उपचार विधि भएको चिकित्सकहरुले बताएका छन् ।
फोक्सोमा क्यान्सरको आशंकापछि प्रधानमन्त्री कोइराला उपचारका लागि असार २ गते अमेरिका जानुभएको हो । उहाँको न्यूयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार भइरहेको छ ।
कोइरालाले आफ्नो उपचार लम्विने भएकाले मुलुकलाई नै विलम्बमा राख्न नहुने भन्दै सहमतिमा मन्त्रीपरिषद् बैठक राखेर अघि बढ्न सहमति दिनुभएको छ । मन्त्रिपरिषद् बैठक ”भिडियो कन्फरेन्स” बाट गर्ने कि भन्ने विषयमा पनि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले बताउनुभयो ।
प्रकाशित मिति: 2014-06-27 03:01:52
प्रतिक्रिया: