सिमान्तकृत समुदायको हकअधिकार संरक्षणको प्रतिवेदनमाथि छलफल सुरु
Admin / 2014-06-26 07:49:14
नेपाल ब्युरो– असार १२, काठमाडौँ ।
संविधानसभाको बैठकमा तत्कालीन साँस्कृतिक र सामाजिक ऐक्यबद्धताको आधार निर्माण समितिको प्रतिवेदनमाथि आजपनि छलफल भएको छ ।
सो प्रतिवेदनमा उल्लेखित विषयमध्ये सहमतिको विषय र तत्कालीन अल्पसङख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको मस्यौदामा भएका निक्र्योल सम्बन्धी प्रतिवेदनको एकीकृत छलफल सुरु भएको हो ।
सविंधानसभा भवन नयाँ बानेश्वरमा जारी छलफलमा भाग लिदै काग्रेस सभासद अर्जुन नरसिंह केसीले विविधता विचको एकतालाई संवद्र्धन गर्दै प्रजातन्त्रलाई अघि बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । बहुजातीय बहुभाषिक र बहुसाँस्कृतिक विविधतालाई देशको सम्पदाको रुपमा लिनुपर्ने, लोकतन्त्रमा समावेशीतालाई संगसंगै लिएर अघि बढ्नुपर्ने उहाँको भनाई थियो ।
त्यस्तै एकीकृत माओवादीका गिरिराजमणि पोखरेलले अल्पसङयक तथा सिमान्तकृत समुदायको अधिकारको सुनिश्चितताका साथै विशेष सुविधाको व्यवस्था गरेको र भूमि तथा प्राकृतिक श्रोतमा विशेष व्यवस्था गरेकोले यसबाट जनपक्षीय संविधान बन्ने आधार देखिएपनि त्यस्ता समुदायलाई पनि समावेश नगरिएससम्म संविधान निर्माण प्रक्रिया पुरा नहुने जिकीर गर्नुभयो ।
छलफलमा भाग लिदै राप्रपा नेपालका अध्यक्ष समेत रहनुभएका सभासद कमल थापाले आफ्नो दलले पेश गरेको फरक मत छलफलमा नराखिएको भन्दै गुनासो गर्नुभयो ।
प्रकाशित मिति: 2014-06-26 07:49:14
प्रतिक्रिया: