एमालेको नवौं महाधिवेशन आउन अब एक साता मात्र बाँकी
Admin / 2014-06-26 06:02:18
नेपाल ब्युरो– असार १२, काठमाडौँ ।
नेकपा एमालेको नवौं महाधिवेशन आउन अब एक साता पनि बाँकी छैन ।
तर महाधिवेशनका लागि अझै पूर्ण रुपमा प्रतिनधि छनोट हुन सकेको छैन । विभिन्न जिल्लामा उत्पन्न विवादका कारण छनोटमा ढिलाई भएको हो ।
विवादित क्षेत्रमा बुधबार चुनावी प्रक्रियाबाट प्रतिनिधि छनोट गरिने भनेपछि रोकिएको थियो । विवादित ती क्षेत्रमा आज चुनाव हुने एमालेले जनाएको छ ।
एक हजार आठ सय २४ जना प्रतिनिधि छनोट गरिसकेको एमालेले आज काठमाडौं २, बदिर्या १ र महोत्तरी २ मा प्रतिनिधि छनोट गर्ने एमालेका प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबै जिल्लामा प्रतिनिधि छनोट हुँदा अनुमान गरिएभन्दा धेरै संख्या आउनेछ ।
प्रकाशित मिति: 2014-06-26 06:02:18
प्रतिक्रिया: