शरणार्थी नीतिको अभावमा शरणाथी समस्या बढ्दो
Admin / 2014-06-26 05:00:03
नेपाल ब्युरो–असार १२,काठमाडौ ।
सरकारले शरणार्थी नीतिको अभावमा नेपालमा शरणार्थी समस्या समाधान हुन नसकेकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
शरणार्थीका अधिकार बिषयमा काठमाडौंमा आज आयोजित कार्यक्रममा उनीहरुले शरणार्थी समस्या समाधान गर्न नसकेर सरकारले लाचारीपन देखाएको आरोप लगाएका छन् । अहिले पनि भुटान लगायतका देशबाट शरणार्थी आउने क्रम जारी रहेको भन्दै उनीहरुले अझै पनि झापा र मोरङका शरणार्थी शिविरमा ३ हजारभन्दा बढी शरणार्थी रहेको बताए ।
कार्यक्रममा बोल्नुहँदै मानवअधिकारकर्मी कपिल श्रेष्ठले तेस्रो मुलुकमा जान अनिच्छुक शरणार्थीकाबारेमा अहिले पनि सरकारले पहल नगरेको भन्दै उनीहरुलाई अहिलेसम्म परिचय पत्र नदिईनु मानव अधिकारको उल्लंघन भएको बताउनुभयो ।
अर्का अधिकारकर्मी डा. गोपालकृष्ण शिवाकोटी, पत्रकार युवराज घिमिरेलगायतले शरणार्थी समस्या कुनै एक राष्ट्रले चाहेर मात्र समाधान नहुने भन्दै यसतर्फ सबैको
ध्यान केन्द्रीत हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा मानवअधिकारकर्मीको पहलमा ९० हजार शरणार्थीलाई पश्चिमका सात मुलकमा बसोबासको व्यवस्था गरिसकिएको तथ्याङक पेश गरिएको थियो ।
प्रकाशित मिति: 2014-06-26 05:00:03
प्रतिक्रिया: