विश्वकप फुटबल अन्र्तगत समूह चरणका अन्तिम खेल आज हुँदै
Admin / 2014-06-26 04:15:29
नेपाल ब्युरो– असार १२, काठमाडौ ।
विश्वकप फुटबल अन्तर्गत समूह चरणका अन्तिम खेल आज हुँदैछन् । अहिलेसम्म प्रि क्वाटरफाइनलमा पुग्ने १२ टिमको टुंगो लागिसकेको छ । यसैगरी बाँकी चार टिमको भने आज टुंगो लाग्ने छ ।
राती पौने १० बजे हुने खेलमा समूह जीमा रहेका जर्मनी र अमेरिका तथा पोर्चुगल र घाना भिड्ने छन् । आजको खेलमा जर्मनी र अमेरिकाले बराबरी खेले दुबै टिम प्रि क्वाटरफाइनलमा प्रवेश गर्ने छन् भने पराजित हुने टिमलाई पोर्चुगल र घानाबीचको नतिजाले प्रभाव पार्ने छ । प्रि क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगलको अंकगणितीय समीकरण मात्रै बाँकी छ ।
त्यस्तै राती पौने २ बजेपछि हुने खेलमा समुह एचमा रहेका अल्जेरिया र रसिया तथा बेल्जियम र दक्षिण कोरियाआमनेसामने हुने छन् । यस समूहबाट बेल्जियम प्रि क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ भने अर्को टिमको टुंगो आजको खेलले मात्रै लाग्ने छ ।
यसअघि विश्वकप फुटवल अन्तर्गत समुह एफबाट अर्जेन्टिना समुह विजेता बनेको छ । गएरातीको खेलमा नाइजेरियालाई पराजीत गर्दै अर्जेन्टीना नकाउटचरणमा प्रवेश गरेको हो । तर हार बेहोरेपनि नाइजेरिया पनि भाग्यमानी बन्दै अन्तिम १६ मा पुगेको छ । नाइजेरिया गएराती अर्जेन्टिनासँग ३–२ ले पराजित भएको थियो ।
नाइजेरियाका लागि दुवै गोल अहमद मुसाले गरे भने अर्जेन्टिनाका लागि दुई गोल मेसीले गरेका थिए ।
त्यस्तै विश्वकपमा पहिलो पटक सहभागिता जनाइरहेको बोस्नियाले इरानलाई ३–१ ले हराएको छ ।
यसैबीच आज बिहान भएको खेलमा स्विट्जरल्याण्ड विजयी भएको छ । होन्डुरसलाई ३ –१ ले हराउँदै स्विटजरल्याण्डले अन्तिम १६ मा स्थान बनाएको छ । आज बिहान भएको ईक्वेडर र फ्रान्सबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । गोल गर्न नसकेपनि फ्रान्स जोगिएको छ भने इक्वेडर विश्वकपबाट बाहिरिएको छ ।
प्रकाशित मिति: 2014-06-26 04:15:29
प्रतिक्रिया: