सविंधानसभा अन्र्तगत संवाद समितिको प्रतिवेदन भदौ अन्तिमसम्ममा तयार हुन्छ : भट्टराई
Admin / 2014-06-26 03:34:13
नेपाल ब्युरो– असार १२, काठमाडौँ ।
संविधान सभा अन्र्तगतको राजनीतिक संवाद तथा सहमति समितिका सभापति डाक्टर बाबुराम भटराईले भदौको अन्तिमसम्ममा प्रतिवेदन तयार हुने बताउनुभएको छ ।
आज पत्रकार सम्मेलन गरी डा भट्टराईले अहिलेसम्मको काम सन्तोषजनक रहेको भन्नुहुँदै तोकिएको समयमा संविधान बन्ने आधार तयार भएको दावी पनि गर्नुभयो । सविंधानसभाको काम अहिलेसम्म सन्तोषजनक रहेकोले माघ ८ गते भित्र संविधान बन्ने आधार तयार भएको उल्लेख गर्नुभयो ।
नयाँ सभासदले छलफल गर्न पाउनुपर्ने माग गरेकोले विगतको संवैधानिक समिति र विवाद समाधान उपसमितिले सहमतिका विषयमा पनि छलफल अघि बढाईने उहाँको भनाई थियो ।
राज्य पुनसंर्रचनाका २५ र अरु १ सय १७ गरी १ सय ४२ वटा विवादका बूँदा रहेको र त्यसमा चार चरणमा छलफल हुने उहाँले बताउनुभयो । विवादका विषयमा सहमति गर्न उपसमिति गठन गर्ने ,त्यसपछि शीर्ष नेतृत्वमा छलफल गरी राजनीतिक समितिमा छलफल गरेर संविधानसभामा पठाउने भट्टराईले जानकारी दिनुभयो ।
यस्तै सभापति भट्टराईले सहमतिका लागि प्रयास गर्न र पुराना अडान नदोहोर्याउन सबैलाई आग्रह समेत गर्नुभयो ।
नेकपा माओवादीलाई सहमतिमा ल्याउन राजनीतिक सभा गर्ने र दुवै पक्षले जित्ने गरी सहमति गर्ने प्रयास भैरहेको उहाँले बताउनुभयो । यसका लागि समितिले कांग्रेस सभासद आनन्दप्रसाद ढुंगाना नेतृत्वको वार्ता उपसमितिले काम गरिरहेको जानकारी दिनुभयो ।
प्रकाशित मिति: 2014-06-26 03:34:13
प्रतिक्रिया: