बिधेयक पास भए आन्दोलन गर्छु भन्नेहरु निरकुसताका पक्षधर : गौतम
Admin / 2014-06-25 04:36:31
नेपाल ब्युरो– असार ११, काठमाडौँ ।
गृहमन्त्री बामदेब गौतमले बिधेयकको विरोध गर्नेहरु निरकुंस भएको टिप्पणी गर्नुभएको छ ।
सरकारले संसदमा पेश गरेको अदालतको अपहेलना सम्वन्धि विधेयकको चौतर्फी विरोध भईरहेको समयमा कार्यबाहक प्रधानमन्त्री समेत रहनुभएका गौतमले यस्तो बताउनुभएको हो ।
सार्वभौम संसदमा प्रस्तुत बिधयेकको विरोध गर्नु निरकुंस शैली भएको बताउदै गौतमले बिधेयक पास भए आन्दोलन गर्छु भन्नेहरु निरकुसताका पक्षधर भएको जिकिर गर्नुभयो ।
विराटनगर बिमानस्थलमा आज सञ्चारकर्मीहरुसंग कुरा गर्दे गौतमले संसदमा प्रस्तुत बजेट पास भए आन्दोलन गर्ने र च्यात्ने चेतावनी दिनु सार्वभौम संसदको अपमान र मानहानी भएको विचार व्यक्त गर्नुभयो ।
प्रस्तुत बिधयेक अराजकतालाई नियन्त्रण गर्न र सबैलाई कानुनको परिधी भित्र राख्न ल्याइएको बताउदै उहाँले जस्ताको त्यस्तै पास भएपनि केही फरक नपर्ने बताउनुभयो ।
प्रकाशित मिति: 2014-06-25 04:36:31
प्रतिक्रिया: