संसदको स्वरुपका विषयमा आज पनि छलफल
Admin / 2014-06-24 03:19:23
नेपाल ब्युरो–असार १०,काठमाडौ ।
संविधानसभामा संसदको स्वरुपका विषयमा छलफल सुरु भएको छ ।
शासकीय स्वरुपका विषयमा छलफल सकिएपछि हिजोबाट नयाँ विषयले प्रवेश पाएको छ । तत्कालिन व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समितिको प्रतिवेदनमा उल्लिखित सहमति र असहमतिका विषयका निक्र्योलसम्बन्धी प्रतिवेदन, २०७१ माथि एकीकृत रुपमा संविधानसभामा सभासदहरुले भनाई राखिरहेका छन् ।
आज पनि बाँकी सभासदहरुले आ–आफ्नो भनाई राख्ने क्रम जारी छ । प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिने जनप्रतिनिधिमूलक संस्थाका रुपमा प्रतिनिधिसभा रहनुपर्ने, त्यसलाई ठूलो आधारको बनाउन नहुने, केन्द्रमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक व्यवस्थापिका हुनुपर्ने तथा दुई ठाउँबाट निर्वाचन लड्ने व्यवस्था खारेज गर्नुपर्नेमा सभासदहरुले माग गरेका छन् ।
बैठक अहिले सविंधानसभा भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
प्रकाशित मिति: 2014-06-24 03:19:23
प्रतिक्रिया: