प्रवास

मिश्रमा १ सय ८३ जनालाई मृत्युदण्डको फैसला


Admin / 2014-06-22 20:20:45


कायरो– मिश्रको अदालतले मुस्लिम ब्रदरहुडका नेता मोहम्मद बादीसहित १ सय ८३ जनालाई मृत्युदण्डको फैसला सुनाएको छ।
राजधानी कायरोबाट दक्षिणमा रहेको सहर मिन्यास्थित अदालतले शनिबार मृत्युदण्डको फैसला सुनाएको हो।
आरोपीमध्ये चार जनालाई १५ देखि २५ वर्ष जेलसजाय सुनाइएको छ। बाँकीलाई भने अदालतले निर्दोष ठहर गर्दै जेलमुक्त गर्ने फैसला गरेको छ। 
अपदस्थ राष्ट्रपति मोहमद मुर्सीको दल ब्रदरहुडका नेता बादी र समर्थकलाई गत वर्ष एउटा प्रहरी चौकी आक्रमणको अभियोगमा अदालतले दोषी ठहर गरेको हो। अभियोगबारे अप्रिलमा भएकोसामूहिक सुनुवाईमा एक जना न्यायाधीशले ६ सय ८३ जनालाई मृत्युदण्डको सिफारिश गरेका थिए। मिश्रका पहिलो निर्वाचित राष्ट्रपति मुर्सीको दल ब्रदरहुडमाथि सेनासमर्थित सरकारले प्रतिबन्धित गरेको थियो। 
प्रतिबन्धित दलका नेता बादीसहित अभियोग लगाइएका ६ सय ८३ जनामध्ये अदालतले १ सय ८३ जनाको सजाय कायम राखेको हो। सेनासमर्थित सरकारले डिसेम्बरयता सरकारविरोधी सयौं ब्रदरहुड समर्थकलाई जेल सजायका साथै मृत्युदण्ड सुनाएको छ।
निर्वाचित राष्ट्रपति मुर्सीलाई अपदस्थ गरेयता सरकारले उनका समर्थक र ब्रदरहुडका सदस्यमाथि व्यापक धरपकड र दमन गर्दै आएको छ। मुर्सीको विरोधमा व्यापक प्रदर्शन भएपछि सन् २०१३ जुलाईमा सेनाले उनलाई अपदस्थ गरी हिरासतमा राखेको थियो। 
आरोपीविरुद्ध मिन्या प्रान्तमा प्रहरी हत्या गरेको अभियोगमा मुद्दा चलाइएको थियो। सन् २०१३ अगस्ट १४ मा राजधानी कायरोमा मुर्सीसमर्थक प्रदर्शनकारीसँग झडप हुँदा प्रहरीले सयौं ब्रदरहुड कार्यकर्ता मारिएका थिए। 
आरोपीविरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड, सर्वसाधारणलाई तर्साएको र हत्या गरेको अभियोग लगाइएको थियो। प्रतिवादी वकिलले सामूहिक मुद्दा सुनुवाई ढोंग मात्र भएको आरोप लगाउँदै झडपमा सामेलै नभएका कतिपय आरोपीविरुद्ध समेत मुद्दा चलाइएको दाबी गरे। अप्रिलपछि गरिएका सुनुवाईमा अदालतबाट भएका मृत्युदण्डका फैसला मिश्रका सर्वोच्च इस्लामी धर्मगुरुसमक्ष पेश गरिएका छन्। अदालतले अन्तिम फैसला गर्नुअघि उनको रायसुझावमाथि विचार गर्नुपर्छ। 
अदालतको फैसलाविरुद्ध ब्रदरहुडले पुनरावेदन गर्ने सम्भावना छ। गएको बिहीबार अर्को एउटा अदालतले बादीसहित १३ जनाविरुद्ध अर्को मुद्दामा मृत्युदण्डको फैसला सुनाएको थियो।
प्रकाशित मिति: 2014-06-22 20:20:45
विश्व
ढाका: बङ्गालादेशका एकजना पूर्वमन्त्रीलाई फाँसीको सजाय सुनाइएको छ । सन् १९७१ मा बङ्गलादेशमा भएको स्वतन्त्रता सङ्ग्रामका समयमा उनी आमहत्यामा सम्लग्न भएको आरोप लागेको थियो । बङ्गलादेशको युद्धअपराध अदालतले बङ्गलादेश स्वतन्त्र हुने क्रममा जारी आन्दोलनका समयमा भएका मानवअधिकारको हनन् एवम् हत्याको मुद्दा हेरिरहेको छ ।
कुराकानी
ति पलहरुलाई सम्झिदा मन दुखेर आँउछ, त्यतिबेला मेरो ब्याण्डको तिन जना साथीहरु छुट्टियो । उहाँहरुले गर्दा नै मलाई धेरै प्रेसर परेको थियो। त्यसैले पनि मलाई त्यहाँ बस्नैपर्ने बाध्यता भयो तर जति बसेपनि म कहिल्यै गैरकानुनी रुपमा बसेको छैन । अमेरीकामा बस्दै जाँदा बिचार गरे, संसार टेक्नोलोजीले गर्दा यति धेरै नजिक छ किन यहीबाट सांगितिक यात्रालाई निरान्तरता नदिने?त्यसैले मैले अमेरिका बाट नै संगीत क्षेत्रलाई अघि बढाउने निधो गरे ।
विचार/ब्लग
- सुकुमान तामाङ
टोक्योमा एसियाली देशहरुले आयोजना गर्ने महोत्सवमा सहभागी हुदै गर्दा हाम्रो देशको पनि गर्न सके कति जाती हुने थियो हामी पनि कुराकानी गर्थ्यो । लगातारको छलफल तथा आफ्नै तरिकाले सम्भाव्यताको अध्ययन पश्चात संस्थाको तात्कालिन कार्यसमितिका पदाधिकारीहरुले एउटा ऐतिहासिक निर्णयमा पुग्यो। नेपाल चिनाउने मुख्य उद्देश्य साथ टोक्योको कुनै ठुलो पार्कमा कार्यक्रम गर्ने । यदि पहिलो कार्यक्रम सफल पार्न आवश्यक रकमको जोहो गर्न नसकिने अवस्थामा संस्थाको पदाधिकारीहरुबाट व्यक्तिगत १० मान (१ लाख) जापानी यान हाल्ने गरि सहमति पनि गरियो।
- डा. प्रदीप भट्टराई
मेरो मनमा उब्जेको पहिलो प्रश्न हो, राष्ट्रिय सम्मानको मापदण्ड के ? श्री एक लोकप्रिय कलाकार हुन्, यसमा दुई मत छैन । उनले सम्मान पाउनुपर्छ, यसमा पनि दुई मत छैन । तर, मुलुकको राष्ट्रिय झण्डा नै झुकाउने गरेर श्रीले यो मुलुकका लागि के गरे ? अन्य क्षेत्रकाले त आफैं जान्ने कुरा पनि भएन, हामी यही क्षेत्रकाले भावनामा बगेर हैन, वस्तुनिष्ठ भएर भनी दिनुपर्छ । उनले गरेको भनेको नेपाली चलचित्रमा अभिनय हो । यो संख्या तीसको हाराहारीमा होला । उनले बनाएको भनेको चलचित्र हो, यो संख्या दुई छ । के यही नै राष्ट्रिय सम्मान पाउने मापदण्ड हो ? हो भने, ठीक छ ।
- -राजकुमार दिक्पाल
“रेख दाई पनि आउनु भएको छ नि” एउटा टेलिफोन सम्बादमा नगेन्द्रदाईले भन्नुभयो ।अनि म नोस्टाल्जिक भएं । जीवनमा मैले अत्यन्तै आदरपुर्बक लिने नाम हो,रेख ब्लोन,मेरो जीवनको रेखा कोरिदिने ब्यक्तिको नाम ।मन थाम्न सकिनँ,र एउटा एसएमएस पठाईदिएँ,उहाँहरुको माहिला दाजु कृष्ण ब्लोनको मोबाईलमा, “यदि रेख ब्लोन नभएको भए,म अहिलेको अवस्थामा हुने थिईनँ।”
जीवनशैली
एडिडास ब्राण्डको कलेक्सन सार्वजनिक कार्यक्रममा पुगेकी एक गायीका मालफंक्शनको शिकार बनेकी छन् । २३ वर्षीया बेलेयती गायीका रिटा ओरा वार्डरोब मालफंक्शनको शिकार बनेकी हुन् ।
इंग्लिस टेलिभिजन पर्सनालिटी, गायिका लोरेन गुडगरले आफूलाई आएको एक प्रस्तावको बारेमा खुलासा गरेकी छन् । उनी गाल्यामर मोडल, ब्युटीसियन पनि हुन् । लोरेनले आफुलाई एक रात बिताएको ४० हजार पाउन्ड दिने प्रस्ताव आएको कुरा खुलासा गरेकी हुन् ।
र यो पनि
छोटो बिकिनी लगाएका कारण मिस कोलम्बियाकी एक सहभागीलाई प्रतियोगीताबाटै निस्कासित गरिएको छ । मिस अमेरिकाका लागि आयोजना हुँदै आएको प्रतियोगिताबाट २१ वर्षीया पाओला बुइलिस निस्कासित भएकी हुन् ।
सबैलाई थाहा भएकै कुरा हो केटा र केटीले एक अर्कालाई मनपराएर आफैँले रोजेकोसँग विवाह गर्ने गर्छन् वा आमा बुबाले खोजेर मनपराएकोसँग विवाह बन्धनमा बाँधिने गर्छन्। तर अब केटा केटीले एक अर्कालाई मनपराएर वा अभिभावकले चाहेकोसँग मात्र विवाह नहुँने भएको छ ।

सर्वाधिकार © मितेरी जापान डटकममा सुरक्षित
Powered by: Tamang Media & Marketing