चितवन/कैलाली, असार ९ - आइतबार भएको उप निर्वाचनमा चितवन क्षेत्र नम्बर ४ मा कांग्रेस उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले २० हजार तीनसय १८ मत पाएको निर्वाचन आयोगले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पावर्त रावलले १७ हजार २ सय ७२ मत पाइन् । यसअघि भएको निर्वाचनमा उनी तेस्रो स्थानमा थिइन् ।
एमाओवादीका उम्मेदवार खुशीराम पाखि्रनले ७ हजा ८ सय ५५ मत पाए । उक्त क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाले छाडेका हुन् ।
त्यसैगरी, कैलाली क्षेत्र नम्बर ६ मा भएको उप निर्वाचनमा कांग्रेस उम्मेदवार पुष्करनाथ ओझा विजयी भएका छन् । उनले १४ हजार ७ सय ८४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश्वर पाठकले ११ हजार ९ सय ५९ मत पाए । राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६४ मत पाए ।
त्यसैगरी, बर्दिया १ मा एमाले उम्मदेवार श्यामप्रसाद ढकाल विजयी भएका छन् । उनले १६ हजार ६ सय ९६ मत पाए । ढकालका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सोदे विष्टले ११ हजार ३ सय ३५ मत पाए । एमाओवादीका उम्मेदवार भवनकुमा थारुले ११ हजार ३१ मत पाए ।
अब काठमाडैं २ को मतपरिणाम आउन बाँकी छ । काठमाडौंमा कांग्रेस उम्मेदवार दीपक कुइकेल अघि छन ।