डीआइडी लिटिल मास्टर्स ३ को उपाधि तेरियालाई।
Admin / 2014-06-21 21:23:39
। भारतीय टेलिभिजन च्यानल जी टिभीको रियालिटी शोमामा नेपाली बालिका तेरिया फौजा मगरले ऐतिहासिक जित हासिल गरेकी छिन् ।रियालिटी शो डीआइडी लिटिल मास्टर्स ३ को ग्रान्ड फिनालेको शनिबार राति भएको फाइनलमा तेरिया प्रथम भएकी हुन् ।
भोटिङका आधारमा दर्शकबाट उनले सबैभन्दा धेरै मत पाएकी थिइन् । उपाधिसँगै तेरियाले ५० लाख भारुका साथै एउटा कार पनि पाएकी छिन् । अन्य तीन जनाले पनि नगदसहित उपहारहरू प्राप्त गरेका छन् ।
तेरियासँगै फाइनलमा पुगेकी कोलकाताकी ८ वर्षीया अनुस्का क्षेत्री फस्ट रनरअप र मुम्बईका १२ वर्षीय हार्दिक रुपारेल सेकेन्ड रनरअप भए । भारत बेंगलोरका १० वर्षीय सद्विन सेट्टीले भने चौंथो स्थानमै चित्त बुझाए ।
४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै अडिसन राउन्ड देखि नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी ११ वर्षीया तेरिया बुटवलकी हुन् । सामान्य परिवारमा जन्मिएकी तेरियाबुटवलस्थित बागेश्वरी संगीतालयमा पाँच वर्षदेखि नृत्य सिक्दै आएकी थिइन् । वुटवलको रुद्रपुरस्थित पिस ल्यान्ड भूपू सैनिक विद्यालयमा कक्षा ५ मा अध्ययनरत तेरिकी आमा सोही विद्यालयमा क्यान्टिन चलाउँछिन् । बुबा भने रोजगारीका लागि दुवईमा छन्। उनी पनि तेरियाको फाइनल कार्यक्रममा भाग लिन भारत पुगेका थिए । यो रियालिटी शोको फाइनलसम्म पुग्ने नेपालमै जन्मिएको तथा सबैभन्दा कम उमेरकी तेरिया नै हुन् ।
प्रकाशित मिति: 2014-06-21 21:23:39
प्रतिक्रिया: