हिगुइनसँगै म्याक्सी रोड्रिग्युजको ठाँउमा फर्नान्डो गागोलाई मिडफिल्डमा उतारेपछि बोस्नियाविरुद्ध अर्जेन्टिना हावी भएको थियो।
इरानसँग खेल्दै जाभियर मास्केरानोले अर्जेन्टिनाका लागि १ सय खेल पु¥याउने छन्। अन्तर्राष्ट्रिय फुटबल सुरुआत गरेयता ठूलो सफलताका लागि उनी पनि आतुर छन्।
‘मैदानमा धेरै प्रमाभ पार्ने खेलाडीमा म पर्दिन। तर टिमका लागि सतप्रतिसत दिने खेलाडीमा म पर्दछु। मेरो मुख्य काम त्यही हो। म त्यसैका लागि टोलीमा छु,’ मास्केरानोले भने। पहिलो खेलमा इरानले नाइजेरियालाई गोलरहित बराबरीमा रोक्दै अंक बटुलिसकेको छ। टोलीले अर्जेन्टिनाविरुद्ध त्यही प्रदर्शनलाई निरन्तरता दिने प्रयास गर्नेछ। कमजोर तयारीका वावजुद इरानको प्रदर्शनबाट प्रशिक्षक कार्लोस क्विरेज सन्तुष्ट छन्।
इरानका फरवगार्ड रेजा गोचानेजाद विश्वको उत्कृष्ट टोलविरुद्ध खेल्दा धेरै अपेक्षा गर्न नमिल्ने बताएका छन्। उनले अनुभव बटुल्न त्यो खेल महत्वपूर्ण हुने विश्वास लिएका छन्। ‘प्रशिक्षकको निर्देशन पालन गरेर खेल्छौं,’ उनले भने, ‘हामीसँग हार्ने केही छैन,’ उनले भने, ‘अर्जेन्टिाना दाबेदार मध्येको एक हो। हामी दाबेदार होइनौं। त्यसैले दबाव हामीमाथि होइन उनीहरु माथि छ। पहिलो खेलकै प्रदर्शनलाई निरन्तरताको प्रयास गर्नेछौं।’
शनिबार समूह ‘जी’ मा घानाविरुद्ध उत्रदा जर्मनी इतिहासबाट सचेत रहनेछ। समूह चरणको पहिलो खेल जित्दै आएको जर्मनी पटक पटक दोस्रो खेलमा रोकिएको छ। सन् १९९४, १९९८ र २००२ विश्वकपको दोस्रो खेलमा जर्मनी बराबरीमा रोकिएको थियो। जसले समूहको अन्तिम खेलमा टोलीलाई दबाव पर्नैछ। २००६ मा पोल्यान्डलाई पहिलो खेलमा हराएको जर्मनी अर्को खेलमा साइबेरियासँग स्तब्ध भएको थियो। यसपटक पोर्चुगललाई ४–० ले हराउँदै जर्मनीले दाबेदारी प्रस्तुत गरिसकेको छ।
समूह ‘एफ’ को अर्को खेलमा नाइजेरिया र बोस्नियाले एकअर्काको सामना गर्दैछन्। नाइजेरियाले पहिलो खेलमा १ अंक जोडेको छ भने बोस्निया अर्जेन्टिनासँग पराजित भएको थियो।