लन्डन। हामी
मध्ये कमलाई मात्र जानकारी होला। हामी जुन पृथ्बिमा बसिरहेका छौं त्यो १६७०
किलोमिटर प्रतिघन्टाको दरमा घुमिरहेको छ।अकस्मात पृथ्बिको घुमाई बन्द भयो भने के
होला?
लन्डनका
वैज्ञानिक माइकल स्टीवंसले यो प्रश्नको उत्तर खोज्ने कोशिश गरेका छन।यसको बारेमा
उनले एउटा भिडियो युट्युबमा सार्बजानिक पानि गरेका छन। स्टीवंसको भनाई अनुसार, 'पृथ्वी अकस्मात घुम्न छोडे पनि यसको बातावरण भने गतिमान नै रहनेछ।। हावा
१६७० किमी प्रतिघन्टाको गतिमा चल्चेछ, जसले करौंडौ मानिसको
मृत्यु हुनेछ। यो आंधीले बाटोमा आएका हरेक बस्तुलाई नष्ट गर्नेछ। मानिसहरु
बन्दुकबाट निस्किने गोलीको गतिमा एकापसमा ठोक्किनेछन। परमाणु बम बिस्फोट भएपछि
निस्कने धुवांको मुस्लो जस्तै बातावरण पृथ्बिको हुनेछ।
साथै,
पृथ्बिको चुम्बकिय शक्ति समाप्त हुनेछ। जसले अनेक किसिमको प्राणघातक विकिरण फैलिनेछ।अन्डाकारको
पृथ्बिको स्वरुप परिबर्तन भएर गोलाकार हुनेछ।समुद्री आंधी आउनेछ अनि समुद्रको आकार
नै परिबर्तन हुनेछ।पृथ्बिमा ६ महिनाको दिन अनि ६ महिनाको रात हुनेछ।
नासाले भने आउने
अरबौ बर्षसम्म पृथ्बिमा त्सस्तो हुने संभावना नरहेको बताएका छन।