२० जुन,टोकियो,जापान।
बिश्वकप फुटबल अन्तर्गत शुक्रबार विहान भएको खेलमा जापान र ग्रिसले गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ । खेलमा ग्रिस १० खेलाडीमा सिमित भए पनि जापानले फाइदा उठाउन सकेन । खराब फल गरेपछि ३८ औं सिमेटमा ग्रिसका कप्तान कोन्सटान्टीनोसले दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाए । बल पोजिसन जापानको राम्रो भए पाएको मौका सदुपयोग गर्न सकेन ।
समुह
सी बाट कोलम्बिया विश्वकप फुटबलको दोश्रो चरणमा प्रवेश गरेको छ ।कोलम्बियाले बिहीबार
राति भएको खेलमा आइभरीकोष्टलाई २-१ गोल अन्तरले पराजित गरी लगातार दोस्रो जित हात पार्दै
दोश्रो चरणको यात्रा तय गरेको हो।
खेलमा कोलम्बियाले ६४ औं मिनेटमा राड्रिगेजको गोलबाट अग्रता लिएको थियो । ७० औं मिनेटमा क्विन्टेरोले गोल गर्दै अग्रता दोब्बर पारे । तर, ७३ औं मिनेटमा गेर्विन्होले गोल गर्दै आइभरीकोष्टले खेलमा फर्काउने संकेत दिए । आइभरीकोष्टले खेलमा र्फकने प्रयास गरेपनि कोलम्बिया कुनै मौका दिएन र खेल २-१ ले आफ्नो पक्षमा पार्यो ।
ग्रीस र जापानको बराबरीपछि कोलम्बिया २ खेलबाट ६ अंकका साथ समूह चरणको अन्तिम खेल अघि नै दोश्रो चरण पुगेको छ ।समूह सीबाट अन्तिम १६ मा पुग्ने सम्भावना तीनै टोलीको छ।अन्तिम खेलमा कोलम्बियालाई पराजित गरी, ग्रीसले आईभोरीकोस्टलाई बराबरीमा रोकेमा वा पराजित गरेमा मात्र जापानको दोश्रो चरणमा प्रवेशको संभावना रहनेछ।
आइभरीकोष्टको
समान खेलबाट ३ अंक छ भने जापान र ग्रिसको समान १/१ अंक छ ।