आफ्ना माग १५ दिनभित्र पूरा नगरे सशक्त आन्दोलन गर्ने
Admin / 2014-06-18 08:26:12
नेपाल ब्युरो–असार ४, काठमाडौँ ।
राष्ट्रिय मुक्त हलिया समाज महासंघले अघि सारेका आफ्ना ११ बुँदे माँग सरकारले आगामी १५ दिनभित्र कार्यन्वयन नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
राजधानीमा महासंघले आज पत्रकार सम्मेलन गर्दै सुदुरपश्चिम र मध्यपश्चिमका १२ वटा जिल्लाका मुक्त हलिया अगुवा, हलिया अधिकार कर्मीको भेलाले आफूहरुले सरकारसंग सारेका माँगहरु पटक–पटक ध्यानाकार्षण गराउँदा पनि कार्यन्वयन नभएको भन्दै आगामी १५ दिनभित्र कार्यन्वयन गर्न विशेष पहल कदम नचाले देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।
हलियाहरुको तथ्यांक संकलन तथा परिचयपत्र पाएका मुक्त हलियाको वर्गिकरण, पूर्नस्थापनाको लागि हलिया श्रम निषेधको लागि बनेको ऐन तत्काल जारी गर्नुपर्ने, हलियाका लागि जग्गा उपलब्ध गराउनुपर्ने, अनुचित ऋण खारेज, २६ जनामा मनोनित गर्नुपर्ने लगायतका ११ बुँदे मागहरु अघि सारेको छ ।
प्रकाशित मिति: 2014-06-18 08:26:12
प्रतिक्रिया: