स्वास्थ्य उपचारका लागि कोइराला आज अमेरिका जाँदै
Admin / 2014-06-16 03:00:16
नेपाल ब्युरो–असार २,काठमाडौ ।
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि आज अमेरिका जाने हुनुभएको छ ।
जिब्रोको क्यान्सरबाट पीडित प्रधानमन्त्री कोइरालाको फोक्सोमा पनि शंकास्पद कालो दाग देखिएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन चिकित्सकहरुकै सल्लाहअनुसार उहाँ अमेरिका जान लाग्नुभएको हो ।
आज साँझ ८ बजे अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राडा करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षा गार्ड कर्णेल प्रकाश देउजा जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कोइरालाको यसअघि जिब्रोको शल्यक्रिया अमेरिकाको न्युयोर्क एभिन्युस्थित केटरिङ क्यान्सर सेन्टरमा भएको थियो । पाँच गते उपचार हुने भएपनि फकिर्ने समय तय भइसकेको छैन ।
प्रकाशित मिति: 2014-06-16 03:00:16
प्रतिक्रिया: