टोकियो,जापान।
बिश्वकपमा एशियाली च्याम्पियन जापानले हिजो
आईभोरीकोस्टको सामना गर्यो। स्टार फरवार्ड होन्दाको गोलले सुरुवाती अग्रता लिए
पनि २ मिनेटको अन्तरमा २ गोल ब्यहोरेपछि २-१ गोल अन्तरले स्तब्ध भयो।आफ्नो टिमले
हारे पछि स्वभाविक रुपमा समर्थकहरु निराश हुन्छन।कति समर्थकले त आक्रोशमा बिपक्षी खेलाडी,
आफ्नै खेलाडी अनि रेफ्रीलाई पनि केही चिजले प्रहार गर्ने, अभद्र ब्यबहार प्रदर्शन गर्ने
गर्दछन। बेलायति दर्शकहरु त हुलाहा दर्शकको रुपमा बिश्वमै कुख्यात छन।
जापानी टोलीलाई समर्थन गर्न ब्राजिलसम्मको यात्रा तय
गरेका जापानीहरुले भने आफ्नो टोली पराजित हुंदा निराश भएर गलत ब्यबहार देखाएनन
बरु खेल सकिए पछि प्याराफिटमा जम्मा भएका फोहोर संकलन गरे। उनीहरुले यस अघि पनि
फ्रान्स र दक्षिण अफ्रिकामा भएको बिश्वकपमा पनि यसरी नै प्याराफिटको फोहे सफा
गरेका थिए।