वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न सकेको छैन : नेपाल
Admin / 2014-06-15 04:43:19
नेपाल ब्युरो–असार १, काठमाण्डौ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।
उदयपुरमा आज बिहान आयोजित एक कार्यक्रममा बोल्नुहुँदै नेता नेपालले सविंधानसभाका विभिन्न समितिमा पद बाँडफाँड र राजनीतिक नियुक्तिमा नै सरकार अलमलिएको आरोप समेत लगाउनुभयो ।
तर संविधान निर्माण गर्ने कार्य भने निरन्तर अगाडि बढिरहेकाले माघ ८ गते नै संविधान जारी हुने नेता नेपालको भनाई थियो । पार्टीको आगामी नवौँ अधिवेशनमा आफूले अध्यक्ष पदमा एक कार्यकालका लागि मात्रै उम्मेदवारी दिने जिकीर गर्नुहुँदै एमालेभित्र केही व्यक्तिको ‘सिन्डिकेट’ हाबी हुँदै गएको दावी गर्नुभएको छ ।
पाटीलाई नयाँ दिशा दिने र लानेभन्दा पनि अहिले गुटबन्दी गरेर कसैलाई पाखा लगाउन ‘सिन्डिकेट’ बनाउने र गुटबन्दीको राजनीति सुरु भएको र यो पार्टीका लागि हानिकारक हुने नेता नेपालले बताउनुभयो ।
एकीकृत माओवादीले पनि आफ्ना पुराना अडान छाड्दै आएका कारण पनि समयमै संविधान निर्माण हुने दाबी गर्नुहुँदै उहाँले सरकारले अब मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन गराउनु पर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति: 2014-06-15 04:43:19
प्रतिक्रिया: