पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको पहिलो चरणको काम शुरु
Admin / 2014-06-15 03:54:41
नेपाल ब्युरो–असार १, काठमाडौँ ।
पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको पहिलो चरणको काम शुरु हुने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण गर्न लागेको पूर्व पश्चिम रेलमार्गको पहिलो खण्ड अन्तरगतको सिमरा बर्दिवास खण्डको काम आजदेखि शुरु हुने भएको हो । मन्त्रालय मातहतको रेल विभागले निर्माण गर्ने रेलमार्गको सिमरा वर्दिवास खण्डको कुल १ सय ५ किलोमिटर खण्डमध्ये पहिलो ५ किलोमिटर खण्डको निर्माण कार्य शुरु हुन लागेको हो ।
हाल सर्लाहीको लालबन्दिसम्म पाँच किलोमिटरका लागि टेन्डर आव्हान भई निर्माण कार्य शुरु हुन लागेको हो । तीन खण्डमा निर्माण गरिने रेलमार्गमा पहिलो खण्डको २ किलोमिटरको लागि ९ करोड रुपैयाँमा दिवा, गजुरमुखी समानान्तर जेभीले ठेक्का पाएको हो । रेलमार्ग द्रूत विद्युतिय रेलमार्ग हुने रेल विभागको भनाई छ । मेची महाकाली विद्युतीय रेलमार्गमा १ सय ६ वटा स्टेशन राखिने छ भने रेलको गति १ सय ६० किलोमिटर प्रति घण्टा हुने विभागले जानकारी दिएको छ । ७० अर्बभन्दा बढि खर्च लाग्ने अनुमान गरिएकाले रेलमार्ग मेचीको काकरभिट्टादेखि महाकालीको गड्डाचौकीसम्म निर्माण गरिने छ ।
प्रकाशित मिति: 2014-06-15 03:54:41
प्रतिक्रिया: