एकीकृत माओवादिको पार्टि एकीकरण प्रयास सुरु
Admin / 2014-06-15 03:38:44
नेपाल ब्युरो–असार १,काठमाडौ ।
फुटेर छिन्नभिन्न भएका नेपालका माओवादी पार्टीहरुले पुनः पार्टी एकीकरणको प्रयास थालेका छन् ।
एकीकरणका बारेमा छलफल गर्न एकीकृत माओवादी,वैद्य माओवादी,क्रान्तिकारी कम्युनिष्ट पार्टी,नेपाल र नेकपा माओवादी,नेकपा एकीकृतको संयुक्त बैठक आज सम्पन्न भएको छ । नेकपा माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा विहान बसकेको बैठकमा सबै माओवादी दलका शीर्ष नेताहरुको सहभागीता रहेको थियो ।
बैठकले विद्यमान जल्दाबल्दा राजनीतिक साझा मुद्दाहरुलाई लिएर सहकार्य र आवश्यक विषयहरुमा विचार विमर्श गर्न सहभागी राजनीतिक दलहरुका बीचमा विचार आदानप्रदान गरिएको बैठकपछि प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा संयुक्त संयन्त्रको अवधारणा माथि पनि छलफल भएको थियो । तर त्यसबारेको आवश्यक निर्णय भने अर्को बैठकले मात्र गर्ने निर्णय भएको नेकपा माओवादीका महासचिव रामबहादुर थापाले जानकारी दिनुभयो । त्यसका लागि असार ७ गते अर्को बैठक डाकिएको पनि उहाँले बताउँनुभयो ।
प्रकाशित मिति: 2014-06-15 03:38:44
प्रतिक्रिया: