विश्वकप फुटबल प्रतियोगिता आज रातीदेखि सुरु
Admin / 2014-06-12 04:20:46
नेपाल ब्युरो–जेठ २९, एजेन्सी ।
आज मध्ये रातीदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैछ ।
ब्राजिलको साओपाउलो खेल मैदानमा नेपाली सयमअनुसार मध्यराती पौने २ बजे सुरु हुने पहिलो उद्घाटन खेलमा ब्राजिल र क्रोएसिया भिड्ने छन् । फिफा वरियता क्रमअनुसार तेस्रो स्थानमा रहेको ब्राजिल सबैभन्दा बढी पाँच पटक विश्वकप फुटबलको उपाधि जितिसकेको छ भने १८औ स्थानमा रहेको क्रोएसिया सेमिफाईलसम्मको यात्रा मात्र तय गर्न सकेको छ ।
यसपटक ब्राजिल, अर्जेन्टिना र जर्मनीलाई उपाधिको दाबेदार मानिएको छ । २०औ संस्करणको यसपालीको विश्वकप फुटबल प्रतियोगितामा ३२ वटा देशको सहभागिता छ भने कुल ६४ वटा खेल हुनेछ । ब्राजिलको विभिन्न १२ वटा सहरमा असार ३० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले तीन करोड ५० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ भने दोस्रो हुनेले दुई करोड ५० लाख, तेस्रो हुनेले दुई करोड २० लाख अमेरिकी डलर पुरस्कार पाउने छ ।
तर विगत ५ दिनदेखि रोकिएको आन्दोलन आजबाट पुनः सुरु हुने भएको छ । उद्घाटन खेल हुने साआपाउलोमा नै आन्दोलन जारी राखेका प्रर्दशनकारीले तत्काल तलव वृद्धिलगायतको माग राख्दै रेल कर्मचारी र मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले मंगलबार र बुधबार दुई दिन आन्दोलन रोकेका प्रदर्शनकारीले आजबाटफेरि आन्दोलन सुरु गर्ने सोमबार नै बताइसकेका छन् ।
आन्दोलनका कारण त्यहाँका ५० प्रतिशत सेवाहरु बन्द भएको र करिव ६ सय किलोमिटर सम्म ट्राफिक जाम परेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् । यद्यपि आजको आन्दोलन के गर्ने भन्ने बारे खासै निर्णय भइनसकेको र यो मजदुर र कर्मचारीमा भर पर्ने कर्मचारी युनियनका अध्यक्ष अल्टिनो मेलो डस प्राजेर्सले बताएका छन् ।
प्रकाशित मिति: 2014-06-12 04:20:46
प्रतिक्रिया: