नवौं महाधिवेसनको मिति नजिकिएसँगै नेकपा एमाले विभिन्न विषयको छलफल र तयारीमा व्यस्त
Admin / 2014-06-12 03:21:48
नेपाल ब्युरो–जेठ २९, काठमाडौँ ।
आउदो असार १९ गतेदेखि काठमाडौंमा हुने महाधिवेसनका लागि नेकपा एमालेले विभिन्न विषयको छलफल र तयारी तिब्र पारेको छ ।
त्यसक्रममा पार्टीको विधान संशोधन प्रस्तावलाई अन्तिम रूप दिन बनाईएको कार्यदलको बैठक आज बस्दैछ ।
बैठक पार्टी कार्यालय बल्खुमा छलफल चलिरहेको छ । अध्यक्ष झलनाथ खनालको संयोजकत्वको कार्यदलमा महासचिव ईश्वर पोखरेल,सचिवहरू युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, शङ्कर पोखरेल तथा अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, प्रकाश ज्वाला, बेदुराम भुसाल र भीम रावल सदस्यको रुपमा रहनुभएको छ ।
विधान संसोधनका लागि गरिएको प्रस्तावहरुलाई समेटेर अन्तिम रुप दिन बैठक बसेको हो ।
प्रकाशित मिति: 2014-06-12 03:21:48
प्रतिक्रिया: