१५ औं राष्ट्रिय सरसफाइ सप्ताह आज समापन हुँदै
Admin / 2014-06-11 04:13:47
नेपाल ब्युरो–जेठ २८, काठमाडौँ ।
१५ औं राष्ट्रिय सरसफाइ सप्ताह आज समापन हुँदैछ।
विश्व वातावरण दिवसको अवसर पारेर जुन पाँच तारिखमा सरसफाई सप्ताह शुरु गरिएको थियो । ‘खुला दिसामुक्त गर्दै अघि बढ्यो नेपाल, सफा सुन्दर गाउँ शहर तराई पहाड हिमाल’ भन्ने मूल नाराका साथ सरसफाइ सप्ताहका अवसरमा पानीका स्रोत तथा गाउँ टोल सरसफाइ, खुला दिसामुक्त घोषणा, फोहोरको वर्गीकरण र व्यवस्थापन, संस्थागत निकायको सरसफाइ लगायत विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ ।
सरसफाइ सप्ताह चलिरहँदा दाङ र डडेलधुरालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । यो संगै खुला दिशामुक्त जिल्लाको संख्या १५ पुगेको छ । यस्तै १६ वटा नगरपालिका र १३ सय ९० गाविस खुला दिसामुक्त घोषणा भइरहेका छन् । सन् २०१७ भित्र सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य रहेको छ ।
प्रकाशित मिति: 2014-06-11 04:13:47
प्रतिक्रिया: