दलहरुको आन्तरिक विवादका कारण २६ सभासद मनोनयनमा समस्या : रिजाल
Admin / 2014-06-11 03:47:26
नेपाल ब्युरो–जेठ २८,काठमाडौ ।
सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले दलहरुको आन्तरिक विवादका कारण २६ सभासद मनोनयनमा समस्या भएको बताउनुभएको छ ।
मनोनयन गर्नुपर्ने २६ सभासद मनोनयनका लागि सरकार गम्भीर रुपमा लागेको भन्दै रिजालले दलहरुको आन्तरिक विवादका कारण मनोनयनमा समस्या भएको बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयको सिनेट बैठकमा सहभागी हुन विराटनगर पुग्नुभएका मन्त्री रिजालले सञ्चारकर्मीसँग कुराकानी गर्दै विभिन्न माग राखेर संसद अवरुद्ध गर्नु प्रतिपक्षि दलको गैर जिम्मेवार काम भएको बताउनुभयो ।
आपसी सम्वाद र सहमतिबाट मागलाई सम्बोधन गरी विवाद समाधान गर्नुको साटो छलफल हुने ठाउँ नै अवरुद्ध पारेर प्रतिपक्षि दलले गैर जिम्मेवारी काम गरेको मन्त्री रिजालको भनाई थियो ।
प्रतिपक्षि दलहरुले पनि आफूलाई जिम्मेवार बनाएर आफ्ना माग राख्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति: 2014-06-11 03:47:26
प्रतिक्रिया: