कतारले घुस दिएर विश्वकप आयोजनाको अधिकार पाएको आरोप
Admin / 2014-06-10 04:14:54
नेपाल ब्युरो–जेठ २७, एजेन्सी ।
अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका महत्वपूर्ण प्रायोजकले विश्वकप आयोजक राष्ट्र छनोटको निष्पक्ष छानबिनका लागि दबाब दिएका छन् ।
मुख्य ६ वटा प्रायोजकमध्ये सोनी, एडिडास, कोकाकोला, भिसा र हुन्डेले आयोजक छनोटमा भएको घुस प्रकरणको निष्पक्ष छानबिनमा चासो दिएका हुन् ।
यस्तै तेल कम्पनी बीपी र बडवाइसर बियरले पनि ध्यानाकर्षण जनाएका छन् । अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र अमेरिकालाई पछि पार्दै कतार सन् २०२२ को विश्वकप आयोजनाका लागि छनोट भएको थियो ।
एशियाली फुटबल महासंघ एएफसीका अध्यक्ष तथा कतारी फुटबल अधिकारी मोहमद बिन हमामले घुस दिएर आफ्नो पक्षमा मत मागेको र कतारले विश्वकप आयोजनाको अधिकार पाएको आरोप छ । यसबारेमा फिफाको अनुसन्धान टोलीले अध्ययन गरिरहेको छ भने अर्को महिना मात्रै रिपोर्ट सार्वजनिक गर्ने बताएको छ ।
प्रकाशित मिति: 2014-06-10 04:14:54
प्रतिक्रिया: