बिश्वकपको तयारीको
लागि खेलिएको अन्तराष्ट्रिय मैत्रिपुर्ण खेलहरुमा साबिक बिजेता स्पेन सहित अर्जेन्टिना,अमेरिका,
बेल्जियम, हङगेरी र एस्टिनिया बिजयी भएका छन भने ईङल्यान्डले होन्डुरससंग बराबरी
गोल रहित बराबरी खेलेको छ।
साबिक बिजेता
स्पेनले सल्भाडोरलाई २-० गोल अन्तरले पराजित गर्दा टिमका दुबै स्ट्राईकर डिएगो
कोस्टा र डेभिड भिल्लाले १ एक गोल गरे।बिश्वकपको दाबेदार टोली अर्जेन्टिनाले
स्लोभानिया माथि २-० को बिजयी नतिजा निकाल्दा रोकर्डो अल्भारेज र स्टार स्ट्राईकर
लियोनल मेस्सीको नाममा गोल रह्यो।
अमेरिकाले नाईजेरिया
माथि २-१ गोल अन्तरलेबिजयी भयो भने बेल्जियमले ट्युनिसियालाई १-० ले पराजित गर्यो।हंगेरीले
एशियन टोली काजकस्तानलाई ३-० पराजित गर्दा एस्टोनियाले अर्को एशियान मुलुक
ताजिकस्तानलाई २-१ गोल अन्तरले पराजित गर्यो।