आईतबार कावासाकीमा रक्तदान कार्यक्रम हुने ।
मितेरीजापान डट कम / 2014-06-07 08:36:07
टोकियो,जापान ।
जापानबासी नेपाली युवाहरुको संस्था नेपाल जापान युथ क्बलले जुन ८ तारिख कावासाकीमा एक दिने रक्तदान कार्यक्रम गर्ने भएको छ। क्बलको हरेक बर्ष रक्तदान अभियान संचालन गर्दै आएको छ।
रक्तदान गरौ जिवन बचाउ भन्ने मुख्य नारा रहेको यस रक्तदान अभियानको संयोजक क्लबका सदस्य सरिता लालचन र सैगात गुरुङ रहेका छन। कोर्यक्रम कावासाकी स्टेशन नजिक रहेको फ्रोन्ट कावासाकी बिल्डिङको नवौ तल्लामा बिहान ११:०० देखि सांझ ५:०० बजेसम्म संचालन हुनेछ।
क्लबको तर्फवाट अध्यक्ष टासी लामाले टोकियो वासी नेपालीहरुलाई यस रक्तदान अभियानमा सहभागी हुन अनुरोध गरेका छन।
कस्ता ब्यक्तीले रक्तदान गर्न मिल्दैन ?
-AIDS या HIV-positive भएका ब्यक्तीले
-बिगत ६ महिना भित्र बिभिन्न ब्यक्तीहरुसँग शाररिक संबन्ध राखेका ब्यक्तीले
-पोजिटिब सेक्ससँग (लेजबिन तथा गे) शाररिक संबन्ध राखेका ब्यक्तीले
-बिगत ६ महिना भित्र लागु औषदी सेवन गरेका ब्यक्तीले
-बिगत ६ महिना भित्र अन्य ब्यक्तीवाट रगत लिएको ब्यक्तीले
-हिपाटाईटिस B र C भाईरस भएका ब्यक्तीले
जापान आएको ४ हप्ता नपुगेको ब्यक्तीले
-उच्च रक्तचापको औषदी सेवन गरिरहेका ब्यक्तीले
-दाँतवाट रगत आउने रोगको उपचार गरिरहेका ब्यक्तीले
प्रकाशित मिति: 2014-06-07 08:36:07
प्रतिक्रिया: