देशका विभिन्न ठाउँमा दुर्घटनामा परी ९ जनाको मृत्यु, ६ घाइते
Admin / 2014-06-06 07:18:41
नेपाल ब्युरो–जेठ २३, काठमाडौँ ।
देशका छुटछुट्टै स्थानमा भएको दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ ।
काठमाडौंको कुलेश्वरमा आज बिहान भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । कुलेश्वरको मेट्रो हल मार्गमा बा १ ख ९४ ८८ नम्बरको पानी ट्याङकरले ठक्कर दिँदा साइकलयात्री कपिलवस्तु चैनपुर घर भएका गणेश बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका बिकको उपचारको क्रममा बल्खुमा रहेको बयोधा अस्पतामा मृत्यु भएको हो । उता अर्घाखाँचीमा एक बा ११ च ४२ ०६ नम्बरको निजी बलेरो जिपले सडकमा हिडिरहेका सर्वसाधारणलाई ठक्कर दिादा एकजनाको मृत्यु भएको छ भने चारजना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा चुत्राबेसी–७ की ३५ वर्षकी शिवकला खत्री रहेकी प्रहरीले जनाएको छ ।
यता धादिङ जिल्लाको सल्यानकोटमा हिजो साँझ भएको ट्रक दुर्घटनामा परी सल्यानकोट–५ बस्ने १८ वर्षीय दीपक परियारको मृत्यु भएको छ । उनको उपचारका क्रममा धादिङ अस्पतालमा राति नै मृत्यु भएको छ । दीपकसहित उक्त दुर्घटनामा परी मृत्यु हुनेको सङख्या चार पुगेको छ ।
आँखुखोलाबाट गिट्टी लोड गरी सल्यानकोटतर्फ गइरहेको वा ३ ख २९ २७ नं को ट्रक सल्यानकोट–४ को चैनपुर भन्ने ठाउँमा पल्टिँदा सल्यानकोट–४ की ६० वर्षीया मीना नेपाली र नौ वर्षीया सुन्दरी बस्याल र सल्यानकोट–५ का नौ वर्षीय रवीन्द्रराज मगरको घटनास्थलमा नै मृत्यु भएको थियो ।
यस्तै पृथ्वी राजमार्ग अन्र्तगत धादिङको जोगीमारा–१ हुदी खोलामा कन्टेनर बोकेको ट्रक आज बिहान दुर्घटना भएको छ । प्रहरीका अनुसार घट्नास्थलमा कन्टेनरले किचिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक विनोद कलवार साह र सहचालक रहेका छन् ।
काठमाडौंबाट मुग्लिङ तर्फ जाँदै गरेको ना.५.ख १७ ४१ नम्बरको ट्रक आज विहान अन्दाजी ६ बजे हुदी खोलाको पुलको बार भाँचेर ५० मिटर तल खोलामा खसेको प्रहरी चौकी जोगिमाराले जनाएको छ ।
प्रकाशित मिति: 2014-06-06 07:18:41
प्रतिक्रिया: