कूटनीतिक राहदानी रातो पासपोर्ट दुरुपयोग गर्ने तीन पूर्वसभासदलाई कैद सजाय
Admin / 2014-06-06 04:19:07
नेपाल ब्युरो–जेठ २३, काठमाडौँ ।
कूटनीतिक राहदानी रातो पासपोर्ट दुरुपयोग गर्ने तीन पूर्वसभासदले कैद सजाय पाएका छन् ।
गायत्री साह,बिपी यादव र शिपूजन यादवलाई दोषी ठहर गर्दे काठमाडौं जिल्ला अदालतले कैद र जरिवानाको फैसला सुनाएको हो ।
तीनैजनालाई पाँच महिना कैद र पाँच सय रुपैया जरिवाना गरिएको हो । राहदानी दुरुपयोग र सरकारी कागजपत्र किर्तेमा उनीहरुविरुद्ध मुद्दा दायर भएको थियो । दुवै मुद्दामा दोषी ठहर भएको काठमाडौं जिल्ला अदालतका रजिष्ट्रार श्रीप्रसाद संजेलले बताउँनुभयो । दुबै मुद्दामा पाँचमहिना कैद र पाँच सय जरिवाना भएको संजेलले जानकारी दिनुभयो ।
जनता दलका अध्यक्ष तथा वर्तमान सभासद् हरिचरण साहले भने सो मुद्दामा सफाइ पाएका छन् । दोषी ठहर भएकी गायत्री साह उनकी छोरी हुन् । छोरीले रातो पासपोर्ट दुरुपयोगको रकम हरिचरणले लिएका थिए ।
राहदानी दुरुपयोग गिरोहमा संलग्नलाई अदालतले सजायको फैसला गरेको छ । गिरोहका नाइके सन्तोष उप्रेतीसहित पाँचजनालाई राहदानी तथा किर्तेमा एक एक वर्È कैद र दश दश लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
प्रकाशित मिति: 2014-06-06 04:19:07
प्रतिक्रिया: