दिगो विकासका लागि जनसङ्ख्या व्यवस्थापन गर्न आवश्यक :यादव
Admin / 2014-06-05 07:54:23
नेपाल ब्युरो –जेठ २२, काठमाडौँ ।
राष्ट्रपति डा. रामवरण यादवले दिगो विकासका लागि जनसङख्या व्यवस्थापन गरिनु पर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
‘विकास योजनाका लागि जनसङख्याको सञ्चार’ भन्ने नाराका साथ आजबाट राजधानीमा सुरु भएको प्रथम राष्ट्रिय जनसङख्या सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
जनसङख्या व्यवस्थापनका लागि जन्म, बसाइसराइ, यौन तथा प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजनजस्ता महत्वपूर्ण पक्षलाई ध्यान दिन पनि राष्ट्रपति यादवले आग्रह गर्नुभयो ।
यसैबीच राष्ट्रपति यादवले जनताको ठूलो वलिदान र संघर्षबाट प्राप्त गणतन्त्र संस्थागत हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले जनताको चाहाना अनुसारको संविधान निर्माण र आर्थिक विकास गर्न सकिएमात्रै गणतन्त्रलाई संस्थागत गर्न सकिने दावी गर्नुभयो ।
प्रकाशित मिति: 2014-06-05 07:54:23
प्रतिक्रिया: