एमालेले नवौं महाधिवेशनको प्रचारका लागि नयाँ प्रविधिको प्रयोग गर्ने
Admin / 2014-06-05 04:28:08
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ ।
नेकपा एमालेले नवौं महाधिवेशनको प्रचारका लागि नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ ।
महाधिवेशनको प्रचार गर्न एमालेले सामाजिक सञ्जाल र सञ्चारमाध्यमको प्रयोग गर्ने भएको हो । महाधिवेशनका बेला शहरमा भित्तेलेखन गरेर सौन्दर्य नबिगार्ने एमालेले जनाएको छ ।
दलहरुले गर्ने भित्तेलेखन र पोष्टरिङले सार्वजनिकस्थल फोहोर र प्रदुषित बन्ने निष्कर्श निकाल्दै एमालेले काठमाडौंको सौन्दर्यलाई प्रबर्द्धन गर्न नवौं महाधिवेशनका क्रममा एमालेले यी दुबै काम नगर्ने जनाएको हो ।
भित्तेलेखन र पोष्टरिङ नगर्ने निर्णय गरेको एमालेले प्रचार विभागलाई परिचालन गरेर पार्टीको आधिकारिक वेभसाइट चलाउने र महाधिवेशनको लागि छुट्टै न्युजपोर्टल शुरु गर्ने जनाएको छ । ससामाजिक सञ्जालहरु फेसबुक र ट्वीटरलाई अधिकतम सदुपयोग गरिने महाधिवेशन प्रचार उपसमितिका प्रमुख प्रदीप ज्ञवालीले बताउनुभयो ।
भित्तेलेखन र पोष्टरिङको विकल्पमा मुख्य चोकहरुमा होडिर्ङबोर्ड र डिजिटल डिस्प्लेको प्रयोग गरिने, रेडियो र टेलिभिजनमा विज्ञापन प्रसारण गर्दै एसएमएसमार्फत् निमन्त्रणा पठाइने ज्ञावालीले बताउनुभयो ।
असार १९ बाट काठमाडौंमा शुरु हुने महाधिवेशनका लागि सूचना प्रविधि र सामाजिक सञ्जालको प्रयोग गर्ने घोषणा गरेको एमालेले पार्टी मूख्यालय बल्खुमा डिजिटल डिस्प्ले राखेको छ ।
प्रकाशित मिति: 2014-06-05 04:28:08
प्रतिक्रिया: