राज्यको पुनर्संरचना बारे आज पनि छलफल
Admin / 2014-06-05 02:52:06
नेपाल ब्युरो–जेठ २२, काठमाडौँ ।
संविधानसभाको बैठकमा आज पनि राज्यको पुनर्संरचनाको विषयमा छलफल हुनेछ ।
बिहान ११ बजे सुरु हुने बैठकमा बोल्न बाँकी सभासदहरुले आ–आफ्नो धारणा राख्नेछन् । संविधानसभा बैठकमा सभासदहरुले सङ्घीय राज्यको निर्माण गर्दा आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रलाई प्रमुखरूपमा ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन् । अघिल्लो संविधानसभाको राज्यको पुनर्संरचना र राज्य शक्तिको बाँडफाँड समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति वा असहमतिको निक्र्योलसम्बन्धी प्रतिवेदन र त्यससम्बन्धी पुरक प्रतिवेदनमाथि संविधानसभा छलफल भइरहेको छ ।
छलफलमा सभासदहरुले राज्यको पुनर्संरचना सत्ताको सरोकारवाला र नागरिकको मनोवृत्तिसँग पनि जोडिएकाले पहिले त्यसको उचित निरूपण हुनुपर्ने,नाम,नामाङ्कन तथा जात र भाषामा जोडिएका कारण समस्या जटिल बन्दै गएकाले त्यसतर्फ सचेत हुन सुझाव दिएका छन् । संविधानसभाका अरु विषयमा सभासदहरुले चासो नराखे पनि राज्य पुनर्संचनाको बहसमा बढी चासो राखेका छन् ।
प्रकाशित मिति: 2014-06-05 02:52:06
प्रतिक्रिया: