समुद्रपारी डट कम नवौं बर्षमा प्रबेश
Kumar Moktan / 2014-06-04 22:36:00
टोकियो, जापान।
जापानबाट सञ्चालन भैरहेको नेपाली समाचारमुलक पोर्टल समुद्रपारी डट कम नवौं बर्षमा प्रवेश गरेको छ। सन २००६ को जुन महिनाको ४ तारीख देखि ग्लोबल मिडिया सोसाईटी टोकियो, जापानले सञ्चालनमा ल्याएको यो पोर्टल जापानबाट सञ्चालित दोश्रो नेपाली समाचारमुलक पोर्टल हो।
जापानमा रहेका संघ,संस्थाहरुको गतिबिधि अनि जापानबासी नेपालीहरुको समस्या, पिडा, ब्यथा अनि खुशीको पलहरुलाई यो पोर्टलले प्राथामिकता साथ स्थान दिने गर्दछ। जापानबासी नेपालीहरुलाई सु-सुचित गर्ने कार्यमा यो पोर्टलको ठुलो योगदान रहेको छ।
कसैको भजनकिर्तन र कसैको अन्धाधुन्ध आग्रह-पूर्वाग्रहमा नभई पाठकहरुको रुचि र सुझाव अनुसार पोर्टल चल्ने जनाउदै समुद्रपारिमा बिशेष प्रकाशकिय प्रकाशन गर्दै लेखेको छ " परिबर्तनशील समय र पाठकका चाहनाअनुसार हाम्रो स्तरोन्नतीलाई बढाउँदै जाने प्रतिबद्धताकासाथ मेचीदेखि कालीसम्म र होक्काइडोदेखि क्यूश्युसम्म मात्र नभएर समुद्रवारिदेखि समुद्रपारिसम्मका हाम्रा श्रद्धेय पाठकहरुलाई हार्दिक मंगलमय शुभकामना टक्याउन चाहान्छौं"
ग्लोबल मिडिया सोसाईटी टोकियो, जापानले शुरु गरेको यो पोर्टल अहिले अनुभवि सम्पादक तिलक मल्लको नेतृत्वमा जिएमटी ईन्टनेशनल कम्पनि लिमिटेडले सञ्चालन गरिरहेको छ।
प्रकाशित मिति: 2014-06-04 22:36:00
प्रतिक्रिया: