हराइरहेका वीरमान लामा मृत भेटिए
Admin / 2014-06-04 03:21:13
फुकुओका,२१ जेठ ।
केही दिनदेखि बेपत्ता वीरमान लामा आज मृत अवस्थामा फेला परेका छन् ।
अध्ययनको लागि जापान पुगेका लामा फुकुओकाबाट वेपत्ता भएका थिए ।
जापानको फुकुओकास्थित हाकाता कु आसुजुकामा बस्दै आएका वीरमान लामा गत ३० मेबाट सम्पर्क विहीन भएका थिए । उनको शव आज ४ दिनपछि फेला परेको हो । तर उनको मृत्यु के कारणले भयो भन्ने बारे भने अझै खुल्न सकेको छैन ।
लामाले पछिल्लो समयमा आफूलाई आत्मविश्वास घट्दै गएको अनुभव भएको र मुटु सम्बन्धी केही समस्या देखिएको बताएको उनलाई गत महिना मात्र भेटेर नेपाल फर्कनुभएका उनका भाषा शिक्षक राजीव बज्रचार्यले बताउँनुभयो । तर उनको मृत्यु बारे आफूले पनि यथार्थ जानकारी पाइनसकेको बज्रचार्यले बताउँनुभयो ।
करिव १४ महिना अघि विद्यार्थी भिषामा जापान आएका २१ बर्षीय लामा फुकुओकास्थित आईवा गाईगो गाकुईन जापानीज भाषा स्कुलमा अध्ययन गर्दै आएका थिए ।
उनी काठमाडौं जिल्ला नयाँ पाटी सुन्दरीजलका स्थायी बासिन्दा हुन् । यसबारेमा थप जानकारी हामी अपडेट गराइरहनेछौं ।
प्रकाशित मिति: 2014-06-04 03:21:13
प्रतिक्रिया: