नेपाल ब्युरो –जेठ २०, काठमाडौ ।
भोली देखि लागु हुने गरी दैनिक दुई घण्टा लोडसेडिङ घट्ने भएको छ ।
साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा अव ५६ घण्टामा सिमिति गरिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । नदीहरुमा पानीको बहाव बढेकोले भोलीदेखि विद्युत कटौतीमा कमी गर्न लागिएको हो ।
दैनिक १ हजार १ सय मेगावाट बिद्युतको माग भएकोमा अहिले ४ सय ५० मेगावाट बिजुली कम आपुर्ति भएको प्राधिकरणले जनाएको छ ।