एमालेमा संगठनात्मक प्रतिवेदनको बारेमा आज पनि छलफल
Admin / 2014-06-03 02:49:21
नेपाल ब्युरो –जेठ २०, काठमाडौँ ।
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा आज पनि महासचिव इश्वर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथिको छलफल जारी रहनेछ ।
पार्टी कार्यालय बल्खुमा दिउँसो १ बजे सुरु हुने बैठकमा महासचिव पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदनको बारेमा छलफल भएपछि परिमार्जन सहित पारित हुनेछ ।
एमाले प्रचारबिभाग प्रमुख प्रदीप ज्ञवालीका अनुसार महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदनको बारेमा बोल्न बाँकी नेताहरुले आजको बैठकमा आआफ्नो धारणा राख्नेछन् ।
आजको बैठकमा एमाले सचिव तथा संगठन बिभाग प्रमुख युवराज ज्ञवालीले पनि विधान संसोधन प्रस्ताव पेश गर्नुहुनेछ ।
यस्तै संबिधानसंसोधनको प्रस्ताव पारित भएपछि महाधिवेसनको तयारीका विषयमा थप छलफल हुने एमालेले जनाएको छ ।
यसैबीच बैङ्ककमा स्वास्थ्य उपचारपछि एमाले संसदीय दलका नेता केपी शर्मा ओली आज स्वदेश फर्कनु हुने भएको छ । मध्यान्ह १२ बजेपछि नेता ओली काठमाडौं आइपुग्नुहुने उहाँको निजी सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: 2014-06-03 02:49:21
प्रतिक्रिया: