सरकार र विपक्षी दलहरूबीच आजपनि छलफल
Admin / 2014-06-02 03:11:05
नेपाल ब्युरो – जेठ १९, काठमाडौँ ।
लगातार व्यवस्थापिका–संसद्को बैठक गरिरहेका प्रमुख प्रतिपक्षी दल र सरकारबीच सदन सुचारु गर्ने विषयमा आज पनि छलफल हुँदै छ ।
यसअघि हिजो भएको छलफलमा सहमति हुन नसकेपछि आज पुन छलफल गर्न लागिएको हो । नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाको पहलमा हुने छलफलमा एकीकृत माओवादीले राखेका मागका विषयमा कुराकानी हुने कांग्रेस सहमहामन्त्री पुर्णबहादुर खड्काले जानकारी दिनुभयो ।
एकीकृत माओवादीले सहमतिका लागि ठोस प्रस्ताव ल्याउन सरकारसँग आग्रह गरेको छ । नेपाली काङ्ग्रेसले प्रमुख दलहरूबीच विगतमा भएको चार बुँदे सहमतिअनुसार आफूहरू अगाडी बढ्न तयार रहेको जनाएपनि ठोस प्रस्ताव नल्याएको भन्दै एकीकृत माओवादीले आपत्ति प्रकट गरेको थियो ।
दोस्रो संविधानसभा निर्वाचनका क्रममा भएको भनिएको धाँधली छानबिनका लागि तत्काल छानबिन समिति गठन गर्नुपर्ने, मन्त्रिपरिषद्ले मनोननयन गर्नुपर्ने २६ जना सभासद्को मनोनयन तत्काल गर्नुपर्ने, आर्थिक वर्षको अन्त्यतिर विभिन्न मन्त्रालयको रकमान्तर गरिएको भन्दै सदनमा एकीकृत माओवादी, राप्रपा नेपाललगायतका विपक्षी दलले सदन अवरुद्ध गरेका थिए ।
प्रकाशित मिति: 2014-06-02 03:11:05
प्रतिक्रिया: